२० बैशाख, बाँके । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाएका छन । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिएका छन ।
उनले लेखेका छन,”ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं । बिहानिपख रिपोर्ट आयो-पोजेटिभ । टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !”