देवचुली,
देवचुली नगरपालिकामा बाहिरी मुलुकबाट आउने जोकोही पनि कम्तिमा १० दिन होम क्वारेनटाईनमा बस्नुपर्ने देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गतबर्ष भन्दा यस बर्ष कोरोना भयवह हुन सक्ने भन्दै गत बैशाख १० गते बसेको विपत्त व्यवस्थापन समितिको बैठकले देवचुली नगरपालिका भित्र रहेका टोल सुधार समितिका अध्यक्ष एवम् पधादिकारीहरुलाई कोरोना रोकथामका लागि (हिजो) सोमबार देखि अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । गतबर्ष कोभिड–१९ संक्रमणको समयमा टोल सुधार समितिले महत्वपूर्ण भूमिका खेलेको देवचुली स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि टोल सुधार समितिका पधादिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम गरि आफ्नो टोलमा संक्रमित ठाउँबाट आएका व्यक्तिहरुलाई पहिचान गरि १० दिनसम्म होम क्वारेन्टाईनमा राख्न सहजीकरण गर्ने बताउनुभएको छ ।
संक्रमित कोही भेटिहाले वडा हुँदै नगरपालिकासम्म पु¥याउनका लागि अनुरोध गर्नुभएको छ । अन्य पालिकाको तुलनामा देवचुली नगरपालिकामा महामारी नफैलिएकाले तत्कालका लागि होम क्वारेनटाईन र ओम आइसोलेसनलाई प्राथमिकता दिने बताउँदै यदि भयवह हुन थाले त्यसको लागि पनि नगरपालिकाले तयारी गरिरहेको बताउनुभयो । उहाँले सम्पूर्ण नगरबासीलाई कोरोनाको दोस्रो लहरलाई सामान्य रुपमा नलिन अनुरोध गर्दै आवश्यक भन्दा बाहिर ननिसक्न आग्रह गर्नुभएको छ ।