काठमाण्डौ -काठमाण्डौ उपत्यकाका तीन जिल्लामा यही वैशाख १६ गते मध्यरातदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ ।
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले काठमाण्डौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लगाउने तयारी गरेको हो । निषेधाज्ञाको औपचारिक निर्णय भने आउन बाँकी छ ।
यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले काठमाण्डौ उपत्यका लगायत सहरी क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो ।