काठमाण्डौ – नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । प्रतियोगितामा आज विराटनगर सिटी र धनगढी एफसी तथा पोखरा थन्डर्स र बुटवल लुम्बिनी खेल्ने छन् । विराटनगर सिटी र धनगढी एफसीको खेल दशरथ रंगशालामा दिउँसो साढे दुई बजे हुनेछ भने पोखरा थन्डर्स र बुटवल लुम्बिनी बेलुका साढे ५ बजे खेल्ने छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ ।