१२ बैशाख, बाँके । कोरोना संक्रमणबाट अवतार देई कसौधन चौधराइन् ट्रस्टका अध्यक्ष राधेश्याम कशौंधनको निधन भएको छ ।
कोरोनाबाट सिकिस्त नेपालगन्ज उपमहानगरपालिका १० त्रिभुवन चोकका ६० वर्षीय निवासी कशौंधन भेरी अस्पतालमा उपचाररत थिए । उपचार कै क्रममा उनको गएराती साढे १० बजे निधन भएको पुर्व शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले ट्विटर मार्फत जानकारी दिएका छन ।
उनी कशौंधन समाजका पूर्व कार्यसमिति सदस्य समेत थिए। उनकी श्रीमती रमारानी बैश्य समाजवादी पार्टी नेपाल कि नेता हुन ।