रुपन्देही । रुपन्देहीमा भदौं पहिलो सातादेखि जारी गरिएको लकडाउन पुन: एक साताका लागि बढाइएको छ ।
कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड-१९ नियन्त्रण तथा रोकथाम केन्द्र [सिमसिसि] को बैठकले भदौं १४ गते राति १२ बजेसम्मको लकडाउनलाई २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
छिमेकी जिल्लाहरुमा पनि निषेधाज्ञा छ र कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन नै भएको निष्कर्ष सहित समयावधी एकपटकलाई फेरि थप गरिएको हो ।