बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ५ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
भदौं १४ गते विहान ४:३५ मा कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वास्प्रश्वासमा समस्या, दिर्घ रोग, मुटु रोग, मधुमेह र प्रेसर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
आज बिहान मात्रै कोरोना अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको अस्पतालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।