वीरगञ्ज । वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो । ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा उनलाई निमोनिया भईसकेको पत्ता लागेको थियो ।