२९ चैत्र, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आइतबार विज्ञप्ति जारी गर्दै सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।
जारी गरेको विज्ञप्तिमा अनलाइन कक्षाबाट सबै विद्यार्थीलाई समेट्न नसकिने भएको हुँदा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने आवश्यक परे सम्बन्धित निकायले निश्चित समयका लागी विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्ड सहित विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनले माग राखेको छ । ‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ ।’
बिद्यालय संचालन गर्न विद्यार्थीलाई संक्रमणबाट जोगाउन सरकारले लागु गरेको स्वास्थ्य सम्बन्धि मापदण्डको उच्च सतर्कता अपनाई संचालन गर्न पाउनुपर्ने माग गरेको बिज्ञप्तीमा स्पष्ट छ ।