काठमाण्डौ- सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट भएको छ । आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा बाँडफाँट भएको हो । यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओमा रित पूर्वक आवेदन दिएका कुल १५ लाख ६५ हजार ५३० जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरु लाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।