रुपन्देही । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १५ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलको निजी प्रयोगशाला (नेशनल प्याथ ल्याब) मा गरिएको परिक्षणमा शुक्रबार रुपन्देहीमा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।
शनिबार थपिएका संक्रमितहरुमा सिद्धार्थनगर नगरपालिकाका ७, बुटवल उपमहानगरपालिकाका ३, ओमसतिया गाउँपालिकाका २, तिलोत्तमाका २ र रोहिणी गाउँपालिकाका १ जना रहेका छन् ।
आज थपिएका संक्रमितसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ८८० पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये ३६० जना संक्रमण मुक्त भएका छन् भने ४९० जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।