काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपिओ भोलि बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको आइपिओ निष्काशन गरेको थियो । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ ।
१६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । कुल २९ लाख कित्ता आइपिओ निष्कासन भएको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरु लाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
मागभन्दा अत्यधिक बढी आवेदन परेपछि पौने १४ लाख आवेदकको हात खाली हुने छ