देवचुली,
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको कोषाध्यक्ष पदमा देवचुली नगरपालिकामा सञ्चालित १०३.८ ह्याप्पी एफ एमका प्रवन्ध निर्देशक बुद्धिराज कडरिया (दिपेश) सर्वसम्मतले चयन हुनुभएको छ। महासंघको २६ औं महाधिवेशनमा देशैभर निर्वाचन भए पनि नवलपुर जिल्लाको कार्यसमिती चयनका लागि सर्वसम्मत गरिएको थियो। सञ्चार क्षेत्रमा लामो समय देखि क्रियाशील कडरिया यस अघिको समितिमा सदस्य पदमा हुनुहुन्थ्यो। उहाँले चितवनको त्रिवेणी एफ एम, ग्रेट एफ एम लगायतको सञ्चार संस्थामा कार्य अनुभव बटुली वि.सं. २०७२ सालमा देवचुली नगरपालिकाको दलदले बजारमा आभानी मिडिया प्रा.लि. को स्थापना गरि ह्याप्पी एफ एम सञ्चालनमा ल्याउनु भएको थियो।