बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको पानी ट्यांकी फुटेर मृत्यु भएको हो।
घाइते सुन्दरी देवीको अमिशा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बनेको ट्यांकीमा पानी जम्मा गर्ने क्रममा फुटेको प्रहरीले जनाएको छ । अमिशा अस्पतालको लापरवाहीका कारण सुन्दरको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो ।
थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापरवाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले आरोप लगाए ।