भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७२ हजार ३३० संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमण बाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
भारतमा केही समय यता कोरोना संक्रमण निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि महाराष्ट्र लगायत केही राज्यले सामाजिक गतिविधिमा कडाइ गर्ने नियम ल्याएका छन् । तर त्यसको प्रभाव खासै देखिएको छैन । भारतले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारत सरकारले आजदेखि ४५ वर्षभन्दा माथिका नागरिक लाई पनि कोरोना खोप लगाउन थालेको छ ।
भारतमा हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइ सकेका छन् ।