काठमाडौं -कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौर स्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ ।
यस्तै, भक्तपुर स्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए ।
‘ डा।पौडेलले कोरोना संक्रमणका लागि विद्यालय जोखिम क्षेत्र रहेको उल्लेख गरे । ‘विद्यालयको होस्टलबाट पनि धेरैमा संक्रमण हुने जोखिम छ,’ उनले भने, ‘अभिभावकले संक्रमित भएको अवस्थामा बालबच्चालाई विद्यालयलाई विद्यालय पठाइदिनु भएन ।
काठमाडौँ उपत्यका सहित सहरी क्षेत्रमा देखिएका संक्रमितमा शिक्षक एवम् विद्यार्थीको संख्या उल्लेखनीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शैक्षिक संस्था कोरोना संक्रमणको हटस्पट बन्न थालेको देखिएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।