मंगलबार राति ओखलढुंगामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
खिजिदेम्बा -६ भित्ते की ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको हो।आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।