दाङ -दाङको पीसीओ चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
बबई गाउँपालिका–३ पीसीओ चोकमा रा ६ प १४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बबई गाउँपालिका–५ का २० वर्षीय गोविन्द पुनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।