पश्चिम नवलपरासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले शहरी क्षेत्र विकासका लागि ६२ करोड २२ लाख रुपैया अनुदान रकम पाउने भएकोे छ ।
रामग्राम नगरक्षेत्रको शहरी क्षेत्रमा भौतिक पुर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ६२ करोड २२ लाख रुपैया बजेट अनुदानमा दिने भएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरु लाई व्यस्थित गर्न भौतिक पुर्वाधार विकासमा उक्त बजेट खर्च गरिने नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनु भयो ।
नगर प्रमुख गुप्ताले ढाई बर्षको प्रयास पछि गत फागुन २१ गते उक्त एनयुजी आईपी परियोजना कार्यान्वयका लागि रामग्राम नगरपालिका र शहरी विकास विभाग बिच सम्झौता भै प्रक्रिया अगाडी बढिरहेकोे पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
नेपाल सरकारले सहरी क्षेत्रको विकासका लागि विश्व बंैकबाट सहुलियत ब्याजदरमा लिएको ऋणलाई स्थानिय तहको सहरी क्षेत्रमा विकास गर्न नेपाल शहरी सासकिय भौतिकपुर्वाधार विकास परियोजना लागु गरेको छ जसमा रामग्राम नगरपालिका पनि छनौटमा परि उक्त अनुदान रकम पाउने भएको हो ।
देशका विभिन्न १७ पालिकामा लागु हुने यस परियोजनाको निगरानी गर्न र सम्पुर्ण प्रकृया अगाडी बढाउन शहरी विभागमा एकछुट्टै युनिट पनि खडा गरिएको छ । नगरपालिकाले उक्त प्रांप्त अनुदान बजेट नगर भित्रका सडक संजाल र फोहोर व्यवस्थापन खर्च गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।
परियोजना सम्झौता भएदेखि ५ बर्ष भित्र उक्त परियोजना सम्पन्न गर्नु पर्ने छ । नगरपालिकाले यसै आर्थिक बर्षमै कुन क्षेत्रमा कस्तो कस्तो योजनामा काम गर्ने सोको छनौट गरि डिपिआर गरि ठेक्का प्रक्रिया समेत अगाडी बढाउने योजनामा रहेको नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो । यसको लागि नगरपालिकाले छिटै कन्सल्टेन्ट नियुक्त गरि योजनाको डिजाईन, लागत स्टिमेट, टेण्डर र सुपरिभिजन लगायतका कार्यमा तिब्रता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनु भयो ।
यस परियोजना लाई गुणस्तरीय रुपमा समयमा सम्पन्न गराउन नगरपालिकाले पनि प्राविधिक सहितको एक युनिट खडा गर्नेछ जसले योजनाको नियमित अनुगमन गर्ने र प्राविधिक सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भयो ।
यस परियोजनाले नगरपालिकाको विकासमा व्यापक फडको मार्ने छ । यस अनुदान बजेटबाट बन्ने सडक लगायतका पुर्वाधारले यहाँका जनताहरु प्रत्यक्ष फाइदा लिने छन् । यसले नगर क्षेत्रलाई थप शहरीकरण र बजारीकरण गर्ने नगरपालिकाले विश्वास लिएको छ । 