नेपाल बिद्यार्थी संघ नवलपुरले आफ्नो जिल्लामा रहेका मा० बि० तथा कलेज अनुगमन गरेको छ । कोभिड पछीको अबस्थामा जिल्लाका मा० बि० तथा कलेजहरुले कोभिडमा कलेजहरु बन्द अबधिको समेत मनोमानी रुपमा बिद्यार्थी संग शुल्क लिएको बिद्यार्थीबाट चौतर्फी गुनासो आएपछी ने० बि० संघ नलपुरले कलेज अनुगमन शुरु गरेको हो । यसै सन्दर्भमा ने० बि० संघ नवलपुरको टिम आज गैडाकोटमा रहेका साईनिङ् बिधालय, बिजय सामुदायिक शिक्षा सदन, कालिका मा० बि० लगायतका शिक्षण संस्थाहरुमा पुगि बिद्यालय कसरी संचालन भएका छन् , कोभिड प्रभावका समय कस्तो अबस्थामा बिधालय रह्यो, पठन पाठन नहुदाँको अबधिको शुल्क कति र कसरी लिईएको छ , गुणस्तरीय शिक्षा, लगायतका बिषयहरुमा अनुगमन गरेको हो।
ने० बि० संघ नवपुर जिल्ला सचिब एल० एन० दवाडी, सह- सचिब बिबेक न्यौपाने, जिल्ला सदस्यहरु सन्देश पराजुली, सुधिर पराजुली, गणेश सापकोटा, गैडाकोट ने० बि० संघ गैडाकोट संयोजक रमेश कोईराला वडा नं० ५ संयोजक धनराज कंडेल लगायतको टिम अनुगमनमा गएको थयो र अनुगमनका बेला केही बिधालयले शुल्क मिनाहा गरेको तथा केहीले भने शुल्क लिएको पाईएको साथै अनावश्यक शुल्क नलिन अनुरोध समेत गरियको ने० बि० संघ जिल्ला सह- सचिब बिबेक न्यौपानेले बताए ।
मध्यविन्दु क्याम्पसमा पढ्ने बिद्यार्थीहरुले शुल्क बढी लिएको भन्दै बिद्यार्थी आन्दोलीत भयका थिए । आगामी दिनहरुमा समेत यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने ने० बि० संघ नवलपुरका सदस्यहरुले बताएका छन् ।
जिल्लाका शैक्षिक संस्थाहरु अनुगमन गर्दै नेवि संघ नवलपुर