रञ्जीत शर्मा/परासी/ १० चैत्र । विश्व बैंकद्वारा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई शहरी क्षेत्र विकास विकास अनुरूप भौतिक पूर्वाधार तथा नगर क्षेत्रका बजार व्यवस्थित गर्न लागि ६२ करोड २२ लाख रुपैया अनुदान रकम पाउने भएकोे छ ।
हिजो नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममामा नगर प्रमुख गुप्ताले यस्ताे जनाकारी गराउनु भएको छ ।नगर प्रमुख गुप्ताका अनुसार " विगत लामो समयको प्रयासपछि गत फागुन २१ गते (मार्च०५ ) उक्त एनयुजी आईपी परियोजना कार्यान्वयका लागि रामग्राम नगरपालिका र शहरी विकास विभाग बिच सम्झौता भै प्रक्रिया अगाडी बढिरहेकोे पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । 
रामग्राम ,तिलोत्तमा नगरपालिका लगायतदेशका विभिन्न १७ पालिकामा लागु हुने यस परियोजनाको निगरानी गर्न र सम्पुर्ण प्रकृया अगाडी बढाउन शहरी विभागमा एकछुट्टै युनिट पनि खडा गरिएको छ । नगरपालिकाले उक्त प्रांप्त अनुदान बजेट नगरभित्रका सडक संजाल र फोहोर व्यवस्थापन खर्च गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो । परियोजना सम्झौता भएदेखि ५ बर्षको भित्र उक्त परियोजना सम्पन्न गर्नु पर्ने छ ।
नगरपालिकाले यसै आर्थिक बर्षमै कुन क्षेत्रमा कस्तो कस्तो योजनामा काम गर्ने सोको छनौट गरि डिपिआर गरि ठेक्का प्रक्रिया समेत अगाडी बढाउने योजनामा रहेको नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो । नेपाल सरकारले सहरी क्षेत्रको विकासका लागि विश्व बंैकबाट सहुलियत ब्याजदरमा लिएको ऋणलाई स्थानिय तहको सहरी क्षेत्रमा विकास गर्न नेपाल शहरी सासकिय भौतिक पुर्वाधार विकास परियोजना लागु गरेको छ जसमा रामग्राम नगरपालिका पनि छनौटमा परि उक्त अनुदान रकम पाउने भएको हो ।
यो परियोजनाको लागि नगरपालिकाले छिटै कन्सल्टेन्ट नियुक्त गरि योजनाको डिजाईन, लागत स्टिमेट, टेण्डर र सुपरिभिजन लगायतका कार्यमा तिब्रता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनु भयो ।
यस परियोजनालाई गुणस्तरीय रुपमा समयमा सम्पन्न गराउन नगरपालिकाले पनि प्राविधिक सहितको एक युनिट खडा गर्नेछ जसले योजनाको नियमित अनुगमन गर्ने र प्राविधिक सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भयो । यस परियोजनाले नगरपालिकाको विकासमा व्यापक फडको मार्ने छ । २.५ वर्ष को प्रयास पछि प्राप्त उक्क्त अनुदान बजेटबाट बन्ने सडक, फोहोर व्यवस्थापन लगायतका पुर्वाधारले यहाँका जनताहरु प्रत्यक्ष फाइदा लिने छन् । 
यसले नगरक्षेत्रलाई थप शहरीकरण र बजारीकरण गर्ने तथा अन्तरा्ट्रिय बिकासको मोडलमा विकास हुने भएको छ।