उत्तम कुमार थापा,चैत ८। खप्तड छान्ना गाउँपालीकामा बृहत् पाेषण कार्यक्रम अनचर्गत स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्वि तालिम सञ्चालन गरिएको छ । आज गाउँपालीकामा रहेका सबै स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम सुरु गरिएको हाे । आजबाट सञ्चालन भएको कार्यक्रमका खप्तड छान्ना गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका अतिथि गाउँपालीका उपाध्यक्ष पाउसरा देवि थापा प्रमुख प्रशासकीय अधिकृत दिपक रावल खप्तड छान्ना गाउँपालीका स्वास्थ्य शाखा प्रमुख लवराज भट्टराई लगाएत सबै स्वास्थ्यकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे । गाउँपालीका स्वास्थ्य शाखा कार्यालयकाे अायाेजनामा सुरु भएको तालिममा शाखा प्रमुख लवराज भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियाे भने ,गाउँपालीका अध्यक्ष राेकायाले स्वास्थ्यकर्मीहरुलाई तालिमकाे अावस्यकता भएको हुदा सञ्चालन गरिएको उहाँको भनाइ छ । गाउँपालिकामा अाज बाट सुरुभएकाे बृहत् कुपोषण सम्वन्धि तालिम पहिलाे चरणमा स्वास्थ्यकर्मीलाई दिएर दाेस्राे चरणमा स्वयंसेवीका लगाएत सबै लाई तालिम दिदै गाउँघरमा सञ्चालन गरिने अब हामी बालबालिका कुनै पनि कुपोषण नहुन भनेर कुपोषण मुक्त गाउँपालीका बनाउने लक्ष्य रहेकाे प्रमुख लवराज भट्टराईले भने,कार्यक्रम सञ्चालन कुश भट्टराईले गर्नुभएको हाे ।
खप्तड छान्नामा स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्वि तालिम सञ्चालन