चैत, बाँके । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।
भारतको महाराष्ट्र, गुजरात लगायतका राज्यहरुमा कोरोना भाइरसले उग्र तथा तिब्र गतिमा फैलिदै छ । त्यहाँ कार्यरत नेपालीहरु स्वदेश फर्किन थालेका बताईएको छ । जसका कारण कोरोना भाईरस सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने उत्तिकै सम्भावना छ ।
स्वदेश तथा गाउँघर फर्किने नेपालीहरुलाई भारतसँग जोडिएका १४ वटा नाकाहरुमा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । जसमध्ये गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाका लगायतमा कडा निगरानी सहित एन्टिजेन परीक्षण गरिनेछ ।
सीमानाकालाई थप व्यवस्थित बनाउन आज स्थानीय सरकार सहित सम्बन्धित निकायलाई पत्राचार गरिने महाशाखाले जनाको छ ।
यस्तै बाँकेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ अनुसार भोलि-पर्सि सम्म जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र बाँकेको बैठक बस्दैछ । बाँकेको जमुनहा सिमानाकालाई थप व्यवस्थित बनाउन, लगायत कडाइका विषयमा उक्त बैठकमा छलफल गरिने उनले बताए ।