६ चैत्र, गलकाेट । गलकोट नगरपालिमा नबगठित तरुणदलको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिका स्तरिय तथा नगर क्षेत्र भित्रका सम्पुर्ण नबगठित नेपाल तरुण दलका सदस्यहरुलाई स्वागत गदै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ भएको बताउदैं तरुण दललाई सक्रिय बनाई राख्नको लागि युवाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
गलकोट नगरपालिकामा तरुणदलको नबगठित स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न