काठमाडौं । नेकपा एमालेकोे संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरु लाई निर्देशन दिएको छ ।
बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरु लाई निर्देशन दिइएको हो । गुट भेलामा जानेहरु लाई आत्मलोचना सहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गर्दै दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
बैठकले विधान संशोधनको लागि कमिटी गठन गरेको छ ।
दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्ड सदस्यहरुमा नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, विमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ र छविलाल विश्वकर्मा छन् । त्यस्तै, बोर्ड सदस्यमा भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि रहनुभएको छ ।
थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएकोे छ । आजको बैठकमा माधव–झलनाथ समूहका केही सांसद अनुपस्थित रहेका थिए । आउँदा बैठकमा सहभागी नभएमा कारबाहीको प्रक्रिया अघि बढाइने एक सांसदले जानकारी दिएका छन् । खनाल र नेपाल समूहले बैठक बहिस्कार गरेपनि बोर्डमा राखिएको छ ।