रिडी चुरामणि तिमिल्सिना -गुल्मीको रुरु क्षेत्र गाउँपालिकमा आज देखि तेस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथि निलकण्ठ गौतमले कार्यक्रम उद्घाटन गर्नु भएको थियो। 
पालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा पालिकाका प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरि उपाध्यक्ष लक्ष्मी देबि पन्थ विशेष अतिथि रहनु भएको थियो।
यस्तै अतिथिहरुमा वडा न१ का वडा अध्यक्ष रामलाल बिक , रिडी माध्यमिक विधालयका प्रधानाध्यापक रोहित भण्डारी, सस्कृत तथा साधरण माबिका प्रधानाध्यापक भोजराज गौतम , ज्ञवा बलेटक्सार माध्यमिक विधालयका प्रधानाध्यापक नारायण ज्ञवाली ,राष्ट्रिय माध्यमिक विधालयका प्रधानाध्यापक रमेस ज्ञवाली , जनज्वति माध्यामिक विधालयका प्रधानाध्यापक भुवन भुसाल ,रेम्बो इन्लिस बोडिङका प्रधानाध्यापक योजन केसि, जनबोध माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठ, ग्वादि माध्यमिक विधालयका शिक्षक प्रतिनिधि माधब ज्ञवाली विधा ज्योती बोडिङका अरुण श्रेष्ठ पुर्ब गाबिसका उपाध्यक्ष चन्दलाल कसजु , उधोग बाणिज्य संघका अध्यक्ष सुबर्ण लाल कक्षपति जनप्रतीनिधी लक्ष्मी बराल ,
पत्रकार कृष्णअन्जान , ज्ञवा माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष तोयनारायण ज्ञवाली , नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो । वडा न४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रम चैत्र ७ गते सम्म सन्चालन हुने छ भने कार्यक्रमको सन्चालन शिक्षा अधिकृत राम प्रसाद अधिकारीले गर्नु भएको थियो ।