५ चैत्र, नवलपुर । नवलपरासी पुर्बको हुप्सेकोट प्रहरी चौकिले हुप्सेकोट गा.पा.-३ गिरुबारी खोलाबाट र वडा नं.२ बाट ३ तर्फ आउदैँ गरेको लु १ ज १८८८ नं. को बोलेरो पिकअपलाई हुप्सेकोटको चौकीबाट खटिएको टोलीले शंका लागि रोकी चेकजाँच गर्ने क्रममा अबैध काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
उक्त पिकअपमा रहेको सालको चिरान काठ ( ४३.३१ क्यु फिट , ८६ थान ) प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कावासोती पठाएको छ। प्रहरीका अनुसार चालक फरार छ।