काठमाण्डौ – नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आज बिहान ११ बजे सुरु हुँदैछ ।
गएको फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै माधव–झलनाथ समूह थप रुष्ट बनेको छ ।
पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो समूहले आज र भोलि काठमाण्डौमा राष्ट्रिय भेला गर्न लागेको हो माधव–झलनाथ समूहले आज र भोलिको भेला नरोक्ने र शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ ।
यस्तै यो समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने प्रक्रिया सुरु गरेको छ । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमालेलाई फेरि विभाजनतर्फ लैजाने काम ओली समूहबाट भैरहेको माधव–झलनाथ समूहको आरोप छ भेलामा देशभर बाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।