४ चैत, बाँके । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
पछिल्ला महिनामा सरकारले पटक-पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ ।