नवलपुर ,भाद्र १२। गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले आज बिहान रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा संचालनमा रहेको अस्थायी कोरोना हस्पिटलको अनुगमन गरेका छन।जिल्लामा कोरोना संक्रमित हरुका लागि आइसोलेसन वार्ड अभाव हुदा विभिन्न स्थानीय तह ,प्रदेश सरकारको समन्वयमा प्राकृतिक चिकित्सालय रजहरमा संचालित आइसोलेसनले अत्यन्तै प्रभावकारी रुपमा प्राकृतिक चिकित्सा पद्धति अनरुप कोरोना संक्रमितको उपचार गर्दै आइरहेको छ।
प्रदेश सभा सदस्य गाहाले आइसोलेसनमा उपचाररत संक्रमितहरुको स्वास्थ अवस्थाको जानकारी लिने,आइसोलेसन वार्ड हरुको अवस्था को जानकारी लिने र अस्थायी कोरोना हस्पिटल अझै प्रभावकारी रुपमा संचालन गर्नका लागि गर्न सकिने थप पहल हरुको बारेमा जानकारी लिदै अहिले तत्काल देखिएका समस्या हरुको सन्दर्भमा बुझेर समस्या सामधानका लागि आफुले पहल गर्ने जानकारी दिएको प्राकृतिक चिकित्सालयका निर्देशक डा बिनोद पौडेलले बताए।संक्रमित हरुको प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सांसद गाहाले संक्रमित हरुको लागि फलफुल वितरण समेत गरेका थिए।अनुगमनका क्रममा अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गाहाले आफू भाषण गर्नका लागि भन्दा पनि संक्रमित हरुका लागि केही फलफुल वितरण गर्न,अस्थायी कोरोना हस्पिटलको अवस्थाबारे जानकारी लिन,उपचाररतहरुको स्वास्थ स्तिथिबारे जानकारी लिने उद्देश्यले आफू आएको भन्दै आफ्नो तर्फबाट हुन सक्ने सुकै सहयोग गर्न आफू तयार रहेको र प्रदेस सरकारले पनि यो हस्पिटल को उपचार पद्धति र सफलतालाई नजिक बाट नियालिरहेको बताए।साथै आफुले प्रदेश तथा केन्द्रिय सरकार संङ्ग पहल गरेर अस्पतालमा कुनै हालतमा पनि आर्थिक समस्या हुन नदिने प्रतिवद्दता समेत व्यक्त गरे। देवचुली नगरपालिकाको उपमेयर पार्वता तिवारिले कोरोना उच्च मनोबल बनाए सहजै लडन सकिने भन्दै स्थानीय तहबाट हुन सक्ने हरेक सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहेका प्रतिवद्द्ता जायर गरेकि छन। इमर्जेन्सी र मेडिकेसन युनिट स्थापना तथा संचालन हुने
यसैबीच आजनै सांसद रोशन गाहा,देवचुली नगरपालिकाका उपमेयर पार्वता तिवारी ,मध्यविन्दु जिल्ला हस्पिटलका अध्यक्ष गोपाल खनाल लगायतका सरोकारवाला हरुको आकस्मिक मिटिङ बसि अस्थायी कोरोना हस्पिटल रजहरमा संक्रमित हरुको उपचार सहजता तथा स्वास्थ्य संबेदनसिलता लाई मध्यनजर गर्दै इमर्जेन्सी र मेडिकेसन युनिट स्थापना र संचालन गर्ने निर्णय समेत गरेको छ।कोरोना संक्रमित हरुको उपचार हरु गर्ने क्रममा कहिलेकाही विरामी हरुलाइ अन्य स्वास्थ समस्याहरु पनि देखिन सक्ने र कतिपय अवस्थामा एलोप्याथिक औसधि पनि प्रयोग गर्न पर्ने हुदा यो वार्डले उपचारमा थप सहयोग पुर्याउने विश्वास आफुहरुले लिएको प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापाकोटाले बताए।इमर्जेन्सी तथा मेडिकेसन युनिट १० दिन भित्रमा संचालन हुने गरि तयारी थालिएको जानकारी समेत सापकोटाले दिएका छन।
प्राकृतिक उपचार पद्धतिबाट हालसम्म कोरोना संक्रमित हरुको उपचार गर्दै आएको अस्थायी कोरोना हस्पिटल देशकै नमुना हस्पिटलको रुपमा परिचीत छ।हालसम्म चिकित्सालयबाट ३२९ जना सफल उपचार पश्चात् निको भएर घर फर्किसकेका छन भने हाल ७५ जना संक्रमित हरु उपचाररत रहेका छन।