नवलपुर।हुप्सेकोट गाउपालिकामा आखा उपचार केन्द्र स्थापना गरिएको छ । भरतपुर आखा अस्पताल चितवन तथा हुप्सेकोट गाउपालिकाको संयुक्त सहकार्यमा हुप्सेकोट १ वेलुवा मा आखा उपचार केन्द्र स्थापना गरिएको हो । ग्रामिण वस्तिका सर्वसाधारणलाई आखा उपचारका लागि सहज होस भनेर गाउपालिका भित्र आखा उपचार केन्द्र स्थापना गरिएको हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो ।आखा उपचार केन्द्र को अहिले स्थापना गरिए पनि अन्य व्यवस्थापकिय कार्य सकेर आगामि बैशाखा ३ गते देखि पुर्ण रुपमा उपचार सेवा सुरु गरिने वताइएको छ ।आखा उपचार केन्द्रको हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे र नेपाल नेत्रज्योति संघ नवलपुर का अध्यक्ष बिष्णु लम्सालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष पाण्डेले ग्रामिण भेगका नागरीकहरु आखा को समस्या लाई सामान्य ठानेर उपचारका लागि नजाने गरेकाले गाउँमानै आखा उपचार केन्द्र स्थापना गरिएको वताउनु भयो । नियमित रुपमा विशेषज्ञ सहतिको आखा उपचार प्राप्त हुने भए पछि स्थानिय खुशि भएका थिए ।आखा उपचार केन्द्र स्थापना कार्यक्रममा हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे , उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ठकुरी , वडा नम्वर २ का वडा अध्या पदम वहादुर पौडेल , नेपाल नेत्रज्योति संघ नवलपुर का अध्यक्ष बिष्णु लम्साल, हुप्सेकोट गाउपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटा लगाएताको उपस्थिति रहेको थियो । यसैविच आखा उपचार केन्द्रको स्थापनाको अवसरमा निशुल्क आखा परिक्षण शिविर समेत सञ्चालन गरिएको छ ।भरतपुर आखा अस्पताल चितवन तथा हुप्सेकोट गाउपालिकाको संयुक्त सहकार्यमा हुप्सेकोट १ वेलुवा मा निशुल्क आखा परिक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ७४ जनाले आखा परिक्षण गराएको हुप्सेकोट गाउपलिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिनु भयो । आखा परिक्षण गराएका मध्य १३ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । मोतिया विन्दुको समस्या देखिएका सवैको आगामि बैशाखमा निशुल्क अप्रेशन हुने सापकोटाले वताउनु भयो ।
हुप्सेकोट गाउपालिकामा आँखा उपचार केन्द्रको स्थापना