सचिन विश्वकर्मा , फागुन २५, नवलपुर l महिला लक्षित अर्गानिक तरकारी खेतीकाे तालिम अाज कावासाेती १० मगरकाेटमा उदघाटन गरिएको छ । तालिम श्री कुमारी निजी शैक्षिक गुठी र मगरकाेट कृषि समुहको संयुक्त अायाेजनामा गरिएकाे थियाे । स्थानीय वेरोजगार महिलालाइ कृषितर्फ आर्कषण गर्ने, विषदी रहित उत्पादनलाइ प्राथमिकता दिने र महिलाहरुलाइ सफल उदयामी बनाउने उदेश्यले तालिम आयोजना गरिएको मगरकोट समुहकी अध्यक्ष्य हिरा बस्यालले बताउनु भएको छ । प्रमुख अथिति नरवहादुर ठाडा मगरको स्वागत मनतव्य बाट कार्यक्रमको सुरुवात गरिएकाे थियो । शिक्षा, कृषि र स्वास्थयको चौतर्फी विकास र पर्वद्धनको लागि अर्गानिक तरकारी खेती तालिम आवश्यक रहेको मगरले मनतव्यमा व्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रमको अतिथिमा सहयात्रा नेपालकी सचिव कोपीला पौडेल र टेक नारण महतो लगायतको तालिममा उपस्थित रहेको थियो ।अतिथि काेपीला पाैडेले बाेल्दै " विषदी रहित उत्पादनलाइ जोड दिने बेमौसमीको समयमा पनि आर्गानिक खेतीलाइ निरन्तर उत्पादन गर्ने र तालिममा सिकेका कुरालाइ व्यवहारमा लागु गर्न पौडेलले सबैलाई अाग्रह समेत गर्नु भएको थियो । मित्रलाल क्षेष्ठले प्रशिक्षण दिनु भएको कार्यक्रममा २५ जना स्थानीय महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सुजता ठकुरीले गर्नुभएको थियो । तालिम यही फागुन २५ गते देखि चैत्र ३ गते सम्म संचालन हुने कार्यक्रमकी संचालिका ठकुरीले बताउनु भएकाे हाे । भने तालिमको उदघाटन मगरकाेट महिला समुहकी अध्यक्ष हिरा बस्याल काे अध्यक्षतामा गरिएको थियाे।
मगरकोटमा महिला लक्षित अर्गानिक तरकारी खेतीकाे तालिम सुरु