नेपाल महिला संघ जिल्ला कार्यसमिति नवलपरासि (बर्दघाट सुस्ता पुर्व) ले १११ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवशकाे उपलक्ष्यमा सचेतना मुलक कार्यक्रम हिजो सम्पन्न गरेको छ।महिला संघले लागू पदार्थ दुर्व्यसन तथा ट्राफिक नियम पालना सम्बन्धि सचेतना कार्यक्रम गरेको हो। नेपाल महिला संघका जिल्ला अध्यक्ष विमला सापकाेटा काे अध्यक्षता तथा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण चन्द नेपालीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्ति न्याैपानेको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा विशेष गरि महिला तथा युवतिका लागि विशेष महत्त्वपूर्ण कुराहरु समावेश गरिएको थियो लागि पनि लागू पदार्थ दुर्वसन सम्बन्धि सचेतना कार्यक्रम रहेकाे थियाे दुर्वसन गर्नाले मान्छेलाई कति असर पर्छ कति सम्म मान्छे काे ज्यानै जाने लतमा लागिसके पछि घरमा झैझगडा समाजमा हाेहल्ला र अाफु पनि विभिन्न राेगकाे सिकार भईने प्रमुख अतिथि जिल्ला कार्यलयका प्रकाश मल्लले बताउनु भएकाे थियाे भने किशाेरि हरूकाे लागि कार्यक्रम संचालिका एवंम नेपाल महिला संघका सचिव सरस्वती तिमल्सिना ले पनि युवती हरू महिनावारि हुदा कसरी सफा रहने कति कति समयमा प्याड फेर्नु पर्छ र हामिलाई प्रसव पीडा हुदा हाम्रो दाजुभाई श्रीमान सेनेटरि प्याड किन्न जादा नहिचकिचाईकिन प्याड किनेर ल्याउन सक्ने वातावरण बन्नु पर्छ भन्दै किसाेरि तथा किसाेरहरूलाई हात हातमा प्याड बितरण गर्नु भएकाे थियाे ।
महिला श्रमिक दिवसको अवसरमा महिला संघको सचेतना कार्यक्रम