खगिसरा न्याैपाने बस्याल, नवलपुर । जिल्ला स्वास्थ कार्यालय नवलपुरलको आयोजनामा देवचुलिकाे दलदलेमा रहेकाे साहारा पार्टी प्यालेसमा पत्रकार हरुका लागि एक दिने कोभिड १९ खोप कार्यक्रमका बिषयमा अभिमुखिकरण कार्यक्रम हिजो सप्पन्न भएको छ।कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ कार्यलय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई, कार्यालय सुचना अधिकारि बिरबहादुर श्रेष्ठ, मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा: सविता लम्साल लगायतले काेभिडसंग नडराउन र यसले कुनै पनि असर नगर्ने र यदि गरिहाल्याे भने तत्काल उपचार गर्न सकिने कुरा पनि प्रष्ट पारे। काेभिडकाे बिषयमा विभिन्न किसिमका भ्रम फैलिएपनि भ्रमका पछि नलाग्न पनि चापागाईले अनुराेध गरे। कार्यक्रममा नवलपुरमा फागुन २३ गतेदेखि ४४ हजारलाई लक्षित गरि दाेस्राे चरणकाे खाेप लगाउने उद्देश्य रहेको जानकारी गराइएको थियो।कार्यक्रममा नवलपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
नवलपुरका पत्रकारहरुलाइ कोभिड १९ भ्याक्सिन सम्बन्धि अभिमुखिकरण