फागुन - १४ नवलपुर । कावासोती २ को पन्चकन्या चोकमा आज साँझ ७: १५ बजे स्कुटीले ठक्कर दिदा दुई जना घाइते भएका छन। पुर्व सयपत्री चोक बाट पश्चिम पन्चकन्या चोकतर्फ द्रुतगतिमा आउदै गरेको प्र.२-०३-००२प ५५८१ नम्बरको स्कुटीले आफ्नै घर अगाडि ठक्कर दिदा कावासोती २ की बिष्णु माया पराजुली गम्भीर घाइते भएकी छन भने स्कुटी चालक कावासोती २ का उज्ज्वल मल्ल सामान्य घाइते भएका छन।
पराजुलीको टाउकोमा चोट लागेको छ भने उनलाई अहिले कावासोतीको जीवन सिटि अस्पतालमा उपचारका लागि लगिएको छ। स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ।
कावासोती २ मा दुर्घटना हुँदा २ जना घाइते