बनेपा महिलाहरुको महिनावारी सम्बन्धबारे शुक्रबार बेलर इन्टरनेस्नल एकेडेमि विध्यालय, बनेपामा कार्यक्रम सम्पन्न । महिलाहरुको महिनावारी सम्बन्धबारे कार्यक्रम आज सम्पन्न भएको छ । नयाँ युवा नयाँ सोच सेवा समाज जिल्ला इकाइ काभ्रेपलाञ्चोक र बेलर इन्टरनेस्नल एकेडेमि को आयोजनामा तथा सहयोगि संस्था रोटरी क्लव अफ पनौति, गिफ्ट फर गर्ल्स लगायतको सहकार्यमा भएको “महिनावारी सम्बन्धि सचेतना” विषयमा जानकारी गराउँदै सम्पन्न भएको हो। बेलर इन्टरनेस्नल एकेडेमि विध्यालयमा अध्ध्यनरतनरत कक्षा ५ देखि कक्षा ९ सम्मको महिला बिध्यार्थिहरुलाई महिलाको नियमित प्रकृया महिनावारीको बेलामा सरसफाई, खानपान, हुनसक्ने समस्या, गर्नहुने र गर्न नहुने क्रियाकलापका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगको अझैँ व्यापत्त रहेको छाऊपडि जस्ता कुरितीका बारेमा पनि छोटो जानकारी गराई र सहभागि महिला विद्यार्थि साथिहरुलाई स्यानिटरी प्याड पनि उपलब्ध गराईएको भन्दै नयाँ युवा नयाँ सोच काभ्रे शाखाका प्रबक्ता श्री लक्ष्मण मगराति ज्युले हामी माझ बताउनु भयो । 

बेलर इन्टरनेस्नल एकेडेमि बनेपाले ‘महिनावारी सम्बन्धि सचेतना मुलुक कार्यक्रम र साथै अरु कार्यक्रममा पछिल्लो समयमा भन्दा अहिलेको समयमा युवाहरुको सक्रियता देखिएको खुसि व्यक्त गर्दे आर्थिक सहयोग गर्नु भएको र यस्ता कार्यलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।
महिनावारी सम्बन्ध सचेतना कार्यक्रम सम्पन्न।