नारायण प्रभु,कावासोती। कावासोती वडा नं.६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले जेहेन्दार बिद्यार्थीलाई ल्यापटप उपहार दिएका छन।कावासोती ६ को जनता मा.बि.बिष्णुनगरमा कक्षा ८ मा अध्ययनरत जेहेन्दार छात्रा सबनम सुनारलाई पढाईमा हौसला बढाउने उद्देश्यले ल्यापटप उपहार दिएको पाण्डेले बताएका छन। आफू सोही बिद्यालयमा अध्ययन गरेको हुदा पनि बिद्यालयको माया लाग्नुका साथै बिद्यार्थिहरुको जनता मा.बि.प्रति आकर्षण बढाउन गरिब तथा जेहेन्दार बिद्यार्थिलाई आफुले सकेको सहयोग गर्दै आइरहेको पाण्डेले बताएका छन। आज बिद्यालयले आयोजना गरेको बार्षिकोत्सब तथा अभिभाबक दिवसको अवसरमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाको हातबाट उक्त उपहार सुनारलाई प्रदान गरिएको छ।
जेहेन्दार बिद्यार्थीलाई वडाध्यक्ष पाण्डेको ल्यापटप उपहार