भदाै ११, पोखरा । पोखरामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा उपचाररत पोखरा–११ की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई आइसीयुमा उपचाररत महिलाको बिहीबार बिहान ८ बजे उपचार कै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ती महिलालाई अन्य कुनै रोग नभएको बताइएको छ । उक्त प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी पाँचौँं संक्रमित हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
कोरोना संक्रमणले पोखराकी एक महिलाको मृत्यु