२०७७ भदौ १० चोरमारा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोर्याउन माग गर्दै मध्यविन्दु ७ चोरमारका युवाहरुले पर्चा पम्प्लेट टासेका छन् । लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभाउनुभएका घिसिङलाइ पुन सोही पदमा नियुक्ती गरिनुपर्ने भन्दै दबाब मुलक पर्चा पप्लेट टासेका हुन् । चोरमारका सक्रिय युवाहरुको साथमा सामाजिक दुरी कायम गरि पर्चा पम्प्लेट टासिएको स्थानिय सकृय युवा सुरेश कुमालले जानकारी दिए । जनअपेक्षा अनुसारको कार्य गनुभएका घिसिङको कार्यकाल नदोहोर्याएको अवस्था झन जटिल बन्न सक्ने भन्दै युवाहरूले घिसिङलाई नै पुन नियुक्ती गर्नुपर्ने माग गरेेका हुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त भएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि प्रशंसा सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यले उहाको प्रशंसा झन थपिएको थियो ।
उनको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाई नै दोहोर्याउनुु पर्ने भन्ने माग उठिरहेको छ । आज चोरमारामा पर्चा पम्प्लेट टास्ने कार्यमा स्थानिय युवा आकाश गुरुङ , रोहन गुरुङ , युवराज कुमाल , कबित सुबेदी अर्पण थापा काैशल गुरूङ लगायतकाको सहभागीता रहेको थियो ।
कुलमान घिसिङको कार्यकाल दोहोराउन माग गर्दै चोरमाराका युवाले टासे पर्चा पम्प्लेट