सोमबार ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ गोलको अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो।
चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलानले एक–एक गोल गरे। खेलमा अग्रता भने चौदन्डीगढीले लिएको थियो। चौदण्डीगढीकी अञ्जना थुलुङले खेलको २३औं मिनेटमा पहिलो गोल गर्दै चन्द्रपुरलाई एक शुन्यले पछि पारेको थियो। तर, उसले उत्कृष्ट पुनरागमन गर्दै सात गोल फर्कायो। पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी दिलकुमारी रानामगरले एक गोल फर्काएर खेल एक एकको बराबरी गरेकी थिइन्। पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो। त्यसपछि, ४७ औं मिनेटमा रजनी थोकरले आफ्नो टिमलाइ दुई एकले अघि बढाइन्। त्यस्तै, ५१ औं मिनेटमा सविताले टिमका लागि तेस्रो गोल थपिन् भने ६१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेकी सविताले ७८ औं मिनेटमा ह्याट्रिक पनि पुरा गरिन्। त्यसैगरि ८५ औं मिनेटमा सुनिता भोलान र इन्जुरी समयमा दिलकुमारीले जाली चुमाउन सफल भएकी थिइन्।
राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिकाको लगातार दोश्रो लज्जास्पद हार।