पोखरा, ९ भदौ । मंगलबार गण्डकी प्रदेशमा पोखराका ११ जना सहित २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ९ सय १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मंगलबार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका कास्कीमा ५ महिला सहित ११ जना, तनहुँमा ४ महिला सहित ६ जनामा संक्रमणको पुष्टि भएको निर्देशनालयकाका निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएकोे छ । यस्तै मनाङ र पर्वतका २–२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने बाग्लुङकी एक महिलामा पनि कोरोना पाइएको छ । कास्कीमा संक्रमण पुष्टि हुनेहरु पोखरा महानगरपालिका वडा नम्बर ४, ५, ७, १०, १३, १४, २८ र २९ का रहेको जनाइएको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ । '
मंगलबारमात्रै पोखराका ११ सहित गण्डकी प्रदेशमा २२ जनामा कोरोना पुष्टि