उत्तमकुमार थापा, बझाङ :
बझाङको तलकोटमा बाघ बस्तीमा पल्केपछि स्थानीय डराएका छन् ।
तलकोट गाउँपालिकाको वडा नं. ३ बस्टीगाउँमा बाघले भेडा–बाख्राको बथानमै आक्रमण गरेपछि गाउँलेहरु डराएका हुन् ।
शनिवार राती भेडाको हुलमै पसेको बाघले २ वटा भेडा मारेको हो ।
स्थानीय हेमराज रोकायाले बस्तीभित्रै बाघ लागेपछि मानिसहरु घरबाहिर निस्केर मेलापात, घाँसदाउरा गर्दा पनि डराउने गरेको बताए ।