कृष्णनगर, माघ ३
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ शिवनगरमा स्व. गुरु प्रसाद रजौरियाको स्मृतिमा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ ।
रजौरियाको सम्झनामा उहाँका श्रीमती रा.प्र.पा. का केन्द्रीय सदस्य पुष्पा रजौरियाद्वारा गरीव तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्यौरा सयजना भन्दा बढी व्यक्तिलाई वितरण गरिएको हो ।
उक्त सामग्री वितरणमा रा.प्र.पा. का केन्द्रीय सदस्य श्यामकुमार मिश्र, रा.प्र.पा. का जिल्ला उपाध्यक्ष प्रेमशंकर शुक्ल, रा.प्र.पा. का क्षेत्रिय अध्यक्ष प्रताप सिंह चौधरी, कृष्णनगर नगरपालिका वडा नं १ वडा अध्यक्ष टुंगनाथ चौधरी, सोही वडाका वडा सदस्य राधेश्याम मिश्र, आनन्द रजौरिया लगायत पत्रकार, समाजसेवीको उपस्थिति रहेको थियो ।
कृष्णनगरका रजौरियाको स्मृतिमा कम्बल वितरण