महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७७/०१०/०१ गते अन्दाजि .०७:३० बजेको समयमा का.जि. काठमाण्डौ म.न.पा.वडा नं. १५ स्वयंभुबाट जिल्ला मकवानपुर टिष्टुङ पालुङ नगरपालिका वडा नं. १२ घर हुने बर्ष ३९ को चन्द्र लामा भन्ने बुद्दी वहादुर घलानलाई पक्राउ गरेको छ । निज घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भनि पीडितपक्षसँग रू ९०,०००। (नब्बे हजार रूपैया) माग गरेका थिए । निज उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको छ ।
मुद्दा मिलाइदिने भन्दै रकम माग्ने पक्राउ