रन्जीत शर्मा, नवलपरासी, २० पुष ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई फागुन मसान्तसम्ममा बालमैत्री घोषणा गराउने गरी तयारी भएको छ ।
नगरपालिकाका बालमैत्री स्वयसेवक तथा सामाजिक परिचालकलाई बालमैत्री स्थानीय शासन सम्वन्धी क्षमता विकास एव तथ्यांक संकलनका लागि आयोजित अभिमुखिकरणमा नगर प्रमुख नरेन्द्र गुप्ताले तयारीका बारेमा बताए ।
सदरमुकाम परासीमा आयोजित कार्यक्रममा प्रमुख गुप्ताले रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणामा सबैले सहयोग गर्न आवश्यक रहेको बताए । उनले सबै सरोकारवाला र अभिभावकलाई अभियानमा सहयोग गर्न आग्रह गरेका हुन् ।
मैत्री समाज नेपाल नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा बालमैत्री स्वयंसेवक र सामाजिक परिचालकहरुलाई क्षमता अभिबृद्धि तालिम भएको हो ।
सहभागीले वडा–वडामा बालबालिकाको अवस्था र तथ्याङ्क संकलन गर्दै बालमैत्रीका सुचकहरुको तथ्य विवरण सहितको प्रतिवेदन ल्याउन भुमिका खेल्नेमा विश्वास लिएका छन् ।
बालमैत्री स्वयसेवक र सामाजिक परिचालनलाई बालमैत्री स्थानीय शासन क्षमता बिकास तथ्यांडक संकलनको लागि अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका १८ वटै वडाबाट ३० जना स्वयंसेवक तथा सामाजिक परिचालकहरुलाई बालमैत्रीका अवधारणा, यसका सुचकाङ्क र व्यवहारिक विषयमा जानकारी गराइएको मैत्री समाज नेपाल नवलपरासीका अध्यक्ष राकेश गुप्ताले बताए ।
मैत्री सामाजका अध्यक्ष राकेश कुमार गुप्ताको अध्यक्षतामा तथा रामग्रम नगरपालिकाको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नगर प्रमुख गुप्ता, नगरपालिकाका कार्यपालिका सदस्य रोशन कुमार शाह, बालमैत्री फोकल पर्सन नगेन्द्र यादव, पत्रकार हुसेन अन्सारी, ग्यानेश्वर सहानी लगायतले बोलेका थिए । कार्यक्रममा सो क्षेत्रमा उष्कृट कार्य सम्पादन गरेको भन्दै सामाजिक परिचालक पम्मि गुप्तालाई नगर प्रमुखले सम्मान गरेका थिए ।
स्वयंसेवक र सामाजिक परिचालकलाई टोल र वडामा रहेका बाल क्लबलाई बालमैत्री सम्बन्धि सचेतना जगाउने, नियमित बैठक गराउने, बालमैत्री समाज र वातावरण निर्माण गर्न भुमिका खेल्ने उदेश्यले परिचालन गरिएको बालमैत्री सहजकर्ता शर्मिला पौडेलले बताईन् ।