नवलपुर ।
शाही शक्ति नेपाल नवलपुरको अध्यक्षमा राजेश मैनाली चयन भएका छन् । कावासोतीमा सम्पन्न भेलाले ४२ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । कार्यक्रमको प्रमुक अथिती शाही शक्ति नेपाल केन्द्रिय समितिका संगठन बिभाग प्रमुख सुनिल क्षत्री रहेका थिए।
बरिष्ठ उपाध्यक्षमा गोपाल के.सी., उपाध्यक्ष ख्यामप्रसाद वस्याल र हरि गौतम, कोषाध्यक्षमा पिताम्बर भण्डारी, सचिव बिष्णु रेग्मी, सहसचिव भोला बि.क., जिल्ला प्रवक्तामा गणेश खनाल र जिल्ला संगठन प्रमुखमा सागर गैरेलाई चयन गरेको छ ।
जिल्ला समिति बनेसँगै पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर राजसंस्था र हिन्दुराज्यको पक्षमा नवलपुरमा प्रर्दशन गर्ने प्रवक्ता गणेश खनालले बताए ।
पछिल्लो समय राजसंस्था सहितको हिन्दु राष्ट्रको माग गर्दै शाही शक्तिले दशेका बिभिन्न ठाउँहरुमा प्रदर्शन गर्दै आईरहेका छन् ।