रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले बाग्लुङको काठेखोला गाउँपालिकाका ५० परिवारलाई सिरक उपलव्ध गराएको छ । उनीहरुले कोरियामा खरिद गरिएको सिरक वडा कार्यालयमार्फत उपलब्ध गराएका हुन् । गाउँपालिका अध्यक्ष, छिमेकी वडाका अध्यक्षहरुको उपस्थितिमा वडाले कोरियाबाट प्राप्त सिरक वितरण गरेको वडा नम्बर २ का वडाध्यक्ष विद्यापति शर्माले बताउनुभयो ।
बाग्लुङका युवा केदार गौतममार्फत यहाँका विपन्न समुदायको अवस्था जानकारी गराएपछि सहयोग गरिएको वडाध्यक्ष शर्माले बताउनुभयो । एक थान सिरकको दुई हजारदेखि २ हजार ५०० रुपैयाँसम्म पर्ने शर्माले बताउनुभयो । वडा कार्यालयले टोलहरुमा रहेका अतिविपन्न परिवारको पहिचान गरी सिरक उपलब्ध गराएको हो ।