कृष्ण पौडेल गुल्मी २५ रोपनी क्षेत्रफलमा नौ लाख लगानीमा सञ्चालनमा रहेको गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २अर्बेनी को कोटमा सञ्चालनमा रहेको श्री दुर्गादेवी मत्स्य तथा तरकारी कृषि फार्म ले बार्षिक सातलाख भन्दा माथि आम्दामी कमाउन सफल भएको छ उक्त फार्मका सन्चालक लक्ष्मी न्यौपाने शिक्षा हुन् भने फुर्सदिलो समयमा आफूले कृषि लाई टाईम दिएको न्यौपाने को भनाइ छ ।
अहिले उहाँको बारीमा लटरम्म तरकाली देखिन्छ भने माछा लगायत ५० भन्दा माथि बाख्रा छन् भने ६२ रोपनी क्षेत्रफल भाडामा लिएर टिमुर सुन्तला लगाएको उहाँको बनाइ छ उहाँले गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं 1 हर्मिचौरको भर्दाले मा पार्टनरमा बाख्रा पालन गर्नु भएको छ पानी प्रशस्त मात्रामा नभएको कारणले भनेजति तरकारी लाउन नसकेको न्यौपाने को भनाइ छ ।
सरकारले कृषि लाई प्राथमिकतामा राखे पनि भाषणमा भनेअनुसारको अनुदान नपाइएको न्यौपानेले गुनासो गर्नुभयो यातायातको सुविधा केही वर्षबाट भएतापनि विदेश पलायन हुनेको लर्को गाउँबाट लागेको र सरकारले कृषिलाई उच्च लेभलबाट हेर्ने हो भने बिदेश प्लान रोकिने र गाउँको मुहार फेरिने बसाईसराई रोकिने न्यौपानेको भनाइ छ स्कुलमा पनि विद्यार्थीलाई कृषि सम्बन्धि कुराहरु सिकाइरहेको उहाँले बताउनुहुन्छ
श्री दुर्गादेवी मत्स्य तथा तरकारी कृषि फार्म बाटा मनाङगे आम्दानी कमाउन सफल :लक्ष्मीपति न्यौपाने