कृष्ण पौडेल सुनवल
नवलपरासीको सुनवल नगरपालिका वडा नं 13 मा २०५६ सालबाट सुरु भएको बडेरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ७० लाखको लागतमा फिल्टर जडान को काम १५ दिनमा १५% ले सम्पन्न गरेको छ बाँकेका तिन महिना भित्र सम्पन्न हुने अपेक्षा राखिएको छ फिल्टर २०७७ मङ्सिर १३ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री वैद्यनाथ चौधरीले शिलन्यास गर्नुभएको थियो प्रतिसेकेन्ड छ लिटर पानी फिल्टर हुनेछ भने आठ सय पचास घरधुरी यो बाट लाभान्वित हुनेछन् शुद्ध पिउने पानीको अपेक्षासहित बडेरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले त्यसैको सहायकमा एकलाख ८० हजार लिटरको एउटा ट्याङ्की र २० हजार लिटर का चारवटा ट्याङ्की निर्माण सम्पन्न गरिसकेको छ अबका दिनमा हजार घरधुरीलाई शुद्ध पिउने पानी यहाँबाट उपलब्ध गराइने बडेरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव भूमिराज गौतमले बताउनु भयो बाँसखोला र मौला खोलाको मुहानबाट पानी संकलन गरिएको छ भने फिल्टर जडान को काममा सबै मजदुर भारतका हुन् समितिबाट पालैपालो अनुगमन गरिएको सचिव गौतम बताउनुहुन्छ खानेपानीबाट सन्तुष्टि रहेको उपभोक्ताको भनाइ छ।