कावासोती । पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ गरेको छ। नवलपुर प्रहरीले आइतबार दिउँसो डण्डा चोरमारा बिचको चालिस कि मी मा चेक जाँचको क्रममा दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ना ४१ प २४७१ नम्बरको मोटरसाइकलमा आएका पूर्वी नवलपरासीको गैडाकोट ७ जयश्री निवासी २४ बर्षीय रमेश विक र चितवनको भरतपुर महानगरपालिका ७ कृष्णनगर निवासी २७ बर्षीय विकास बजगाईलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट फेनारागन ३०, डाइजेपाम ३०, नुफिन ३० एमपुलल र नाइट्राभेट १० लेखिएको लागुऔषध १५ ट्याप्लेट बरामन गरेको जनाएको छ । लागुऔषध तथा नियन्त्रण एक २०३३ बमोजिम कसुर बमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ